Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

REED आयोजनाद्वारा निर्माण गरिएका कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन स्थानीय तहलाई हस्तान्तरण


ग्लोबल पाना
शुक्रबार, माघ २ २०८२
  • 503
    SHARES

  • images
    REED आयोजनाद्वारा निर्माण गरिएका कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन स्थानीय तहलाई हस्तान्तरण

    रौतहट । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (REED–Rural Enterprise and Economic Development Project) ले निर्माण गरेका कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनहरू आज २०८२ माघ २ गते एक कार्यक्रमकाबीच सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

    images
    images
    images

    किसानलाई एकै स्थानबाट कृषि तथा पशुपन्छीसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका यी केन्द्रहरू ‘एकद्वार सेवा प्रणाली’ मा आधारित छन् । सेवा केन्द्रमार्फत किसानका समस्या समाधान, प्राविधिक परामर्श, सेवा प्रवाह तथा समन्वयलाई प्रभावकारी बनाइने आयोजनाले जनाएको छ ।

    अपाङ्गमैत्री तथा महिलामैत्री संरचनामा निर्माण गरिएका उक्त भवनहरू कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन प्रसाद परियारको प्रमुख आतिथ्यता तथा आयोजना निर्देशक डा. चन्द्र प्रसाद रिसालको विशेष आतिथ्यतामा क्रमशः गढीमाई नगरपालिकाका नगरप्रमुख श्याम प्रसाद यादव र गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहलाई हस्तान्तरण गरिएको हो ।

    कार्यक्रममा मन्त्री परियारले सेवा केन्द्रहरूको प्रभावकारी तथा दीर्घकालीन उपयोग सुनिश्चित गर्नु स्थानीय सरकारको जिम्मेवारी रहेको उल्लेख गर्दै किसानलाई विशिष्टिकृत सेवा सहज रूपमा उपलब्ध गराउन नगरपालिकाले अग्रसरता लिनुपर्ने बताए। साथै, स्थानीय सरकारलाई बलियो र स्रोत–साधनसम्पन्न बनाउन संघीय सरकारको निरन्तर साथ र प्रयास रहने प्रतिबद्धता व्यक्त गरे ।

    आयोजनाका निर्देशक रिसालले यी सेवा केन्द्रहरूले कृषि उत्पादन वृद्धि, व्यवसायीकरण तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ