Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कृषि विषयक्षेत्रको विषयगत समितिको एघारौं बैठक सम्पन्न


ग्लोबल पाना
मंगलबार, माघ १३ २०८२
  • 339
    SHARES

  • images
    कृषि विषयक्षेत्रको विषयगत समितिको एघारौं बैठक सम्पन्न

    काठमाडौं । संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ बमोजिम कृषि विषयक्षेत्रको विषयगत समितिको एघारौं बैठक संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री डा. मदन प्रसाद परियारज्यूको अध्यक्षतामा सात वटै प्रदेशस्थित कृषि मन्त्रालयका माननीय मन्त्रीहरु, संघीय तथा प्रादेशिक सचिवहरु र स्थानीय तहका प्रमुखहरुको सक्रिय सहभागितामा सम्पन्न भएको छ ।

    images
    images
    images

    लुम्बिनी प्रदेशको बर्दियास्थित ठाकुरद्धारामा सम्पन्न बैठकमा कृषि क्षेत्रका प्राथमिकता, नीति तथा कार्यक्रम र योजनाहरुको प्रभावकारी कार्यान्वयन, तीनै तहका सरकारबीच समन्वय र सहकार्य अभिवृद्धि र कार्यक्रम संचालनका क्रममा देखापरेका समस्या समाधान विकल्पहरु पहिल्याउन बैठकमा सक्रिय छलफल तथा अन्तरक्रिया गरिएको छ ।

    बैठकमा रासायनिक मलको प्रभावकारी आपूर्ति तथा वितरण व्यवस्थापन, पशुपन्छी रोग तथा महामारी नियन्त्रण, कृषि तथा पशुपन्छी श्रोत केन्द्रहरुको विकास, कृषि बजारहरुको समुचित व्यवस्थापन, कृषि बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, कृषि क्षेत्रमा युवा आकर्षण वृद्धि र उद्यमशिलता विकास, अनुदान प्रणालीमा सुधार तथा दोहोरोपना हटाउने, विपदबाट कृषि क्षेत्रमा हुने क्षति न्यूनिकरणका लागि आवश्यक तयारी, न्यूनतम समर्थन मूल्य कार्यक्रम कार्यान्वयनमा आवश्यक सुधार, तीनै तहबाट कृषि क्षेत्रमा कम्तिमा १० प्रतिशत बजेट विनियोजनको सुनिश्चतता, खाद्य स्वच्छता तथा गुणस्तर नियमनका प्रादेशिक तथा स्थानीय कानून तर्जुमा लगायतका कार्यलाइ प्रभावकारी रुपमा अघि बढाउन तीनै तहबीच समन्वय तथा सहकार्य गर्ने विषयमा साझा सहमति तथा प्रतिबद्धता जाहेर भएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ