Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

कृषि अर्थतन्त्र सुदृढीकरणमा युवाको भूमिका निर्णायक : प्रा.डा. ऋषिराम कट्टेल


ग्लोबल पाना
सोमबार, चैत ९ २०८२
  • 278
    SHARES

  • images
    कृषि अर्थतन्त्र सुदृढीकरणमा युवाको भूमिका निर्णायक : प्रा.डा. ऋषिराम कट्टेल

    काठमाडौं । बढ्दो खाद्यान्न आयात, युवाको तीव्र वैदेशिक पलायन र घट्दो कृषि उत्पादनका कारण नेपालको अर्थतन्त्र चुनौतीपूर्ण मोडमा पुगेको छ । यस्तो परिस्थितिमा दिगो विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि कृषि क्षेत्रलाई पुनः केन्द्रमा राख्नुपर्ने आवाज बलियो बन्दै गएको छ ।

    images
    images
    images

    विशेषज्ञहरूका अनुसार अब नेपालको समृद्धिको आधार कृषि अर्थतन्त्र नै हुनुपर्ने स्पष्ट संकेत देखिएको छ। कृषि केवल अन्न उत्पादनमा सीमित नभई रोजगारी सिर्जना, गरिबी न्यूनीकरण र समग्र आर्थिक विकासको प्रमुख आधारस्तम्भका रूपमा स्थापित हुँदै गएको छ ।

    कृषि विज्ञ प्रा.डा. ऋषिराम कट्टेलले वर्तमान सन्दर्भमा युवाको शक्ति र सोचलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनका अनुसार, “युवाको ऊर्जा, सीप र नवप्रवर्तनलाई आधुनिक प्रविधिसँग जोडेर कृषि प्रणालीलाई बजारमुखी र उद्यमशील बनाउन सकियो भने देशको विकासले नयाँ गति लिन्छ ।” उनले सहुलियतपूर्ण कर्जा, सीपमूलक तालिम, डिजिटल प्रविधिको प्रयोग तथा कृषि स्टार्टअपमा प्रोत्साहनमार्फत युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न सकिने बताए ।

    अन्त्यमा, कृषि क्षेत्रमा नीतिगत स्थायित्व, बजार सुनिश्चितता र उत्पादनमा आधुनिकीकरण अपरिहार्य रहेको उनले औंल्याएका छन् । उत्पादनदेखि बजारसम्मको मूल्य श्रृंखला मजबुत बनाइएमा कृषि क्षेत्र अझ प्रतिस्पर्धी र आकर्षक बन्ने उनको विश्वास छ । 

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ