Oct 12 2026 | २०८३, असोज २६गते

images
ताजा अपडेट

images
images
images
images

चितवनमा विषादी न्यूनीकरण सम्बन्धी कृषि सचेतना कार्यक्रम सम्पन्न


ग्लोबल पाना
शनिबार, वैशाख २६ २०८३
  • 384
    SHARES

  • images
    चितवनमा विषादी न्यूनीकरण सम्बन्धी कृषि सचेतना कार्यक्रम सम्पन्न

    चितवन । तरकारी तथा कृषि बालीमा विषादीको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले भरतपुरमा एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सिर्जनशील समाज भरतपुर–४ चितवनको आयोजना तथा उदय नेपाल चितवनको सहकार्यमा भरतपुर–४ बैकुण्ठ टोलमा शनिबार बिहान कार्यक्रम सम्पन्न भएको हो ।

    images
    images
    images

    सिर्जनशील समाजका अध्यक्ष इश्वरी कडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृषि विज्ञ निशा सुवेदीले प्रशिक्षण दिएकी थिइन् । उनले तरकारी, फलफूल तथा अन्य बालीमा लाग्ने रोग, त्यसको रोकथाम तथा विषादीको प्रयोग न्यूनीकरणका उपायबारे विस्तृत जानकारी गराइन् । प्रशिक्षणका क्रममा उनले अनावश्यक विषादी प्रयोगले मानव स्वास्थ्य र वातावरणमा पार्ने असरबारे सचेत गराउँदै प्राकृतिक तथा वैकल्पिक उपाय अपनाउनुपर्नेमा जोड दिइन्। उनले किरालाई लाग्न नदिनु, प्रारम्भिक चरणमै नियन्त्रण गर्नु, घरेलु औषधि तथा झोल मलको प्रयोग, साथै तीतो, पिरो, टर्रो र अमिलो प्रकृतिका पदार्थ प्रयोग गरी किरा नियन्त्रण गर्न सकिने उपायहरूबारे जानकारी दिएकी थिइन् ।

    कार्यक्रममा उपयोगी तथा अनुपयोगी किराहरूको पहिचान र तिनको व्यवस्थापनबारे पनि प्रशिक्षण दिइएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष शिवप्रसाद बराल, निवर्तमान अध्यक्ष टिकराम सापकोटा, पूर्व उपाध्यक्ष महेश्वर पोखरेल, पूर्व महासचिव कविता शर्मा, उपाध्यक्ष हरीप्रसाद गुरागाईं, महासचिव सुरेश घिमिरे, सचिव प्रदीप अर्याल, कोषाध्यक्ष लक्ष्मी कडेललगायत पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

    साथै स्थानीय ५५ जना महिला तथा पुरुषको सहभागिता रहेको आयोजकले जनाएको छ । संस्थापक अध्यक्ष शिवप्रसाद बरालले सहजीकरण गरेको कार्यक्रममा अध्यक्ष इश्वरी कडेलले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रम व्यवस्थापनमा गोविन्द कडेलले विशेष सहयोग गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ