Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

एक महिने अनलाइन तालिम संचालन गर्दै अवसर एकेडेमी


ग्लोबल पाना
सोमबार, फागुन २१ २०८०
  • 452
    SHARES

  • images
    एक महिने अनलाइन तालिम संचालन गर्दै अवसर एकेडेमी

    काठमाडौं । अवसर एकेडेमीले वर्डप्रेस सम्बन्धी एक महिने अनलाइन तालिम सञ्चालन गर्ने भएको छ । वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूलाई लक्षित गर्दै कम्पनीले बिहीबारदेखि यस्तो तालिम आयोजना गर्न लागेको हो । प्रविधि कम्पनी एसडी टेकको सहायक कम्पनी समेत रहेको अवसर एकेडेमीले आधारभूत तहदेखि वर्डप्रेस सम्बन्धी तालिम दिन लागेको बताइएको छ । “वेबसाइट डिजाइनिङमा रुचि हुनेहरूका लागि हामीले वर्डप्रेससम्बन्धी अनलाइन तालिम आयोजना गर्न लागेका हौ,” अवसर एकेडेमीका प्रबन्ध निर्देशक सौगात देवकोटाले भने, “यसअघि भौतिक उपस्थितिमा तालिम गर्दा धेरैले अनलाइन गराउनु पर्‍यो भन्ने माग गर्नु भएको थियो । त्यसैले अहिले उहाँहरूलाई लक्षित गरेर तालिम आयोजना गर्दै छौं ।”

    images
    images
    images

    एक महिनासम्म दैनिक डेढ घण्टा सञ्चालन हुने यो तालिममा सहभागीले वर्डप्रेस डेभलपमेन्ट, एसईओ अप्टिमाइजेसन, एआई इन्टिग्रेसन, वेबसाइट डेभलपमेन्ट र वेब सेक्युरिटीका बारेमा सिक्न पाउनेछन् । विशेषगरी थिम कस्टमाइजेसन, होस्टिङ तथा डोमेन रजिस्ट्रेसन, वेबसाइट मोनिटाइजेसन, कन्टेन्ट राइटिङ, प्रोजेक्ट मेनेजमेन्ट लगायतका विषय समावेश हुने देवकोटाको भनाइ छ ।

    तालिम दिनका लागि विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका नेपाल र भारतका आठ जना विज्ञहरू हुनेछन् । सबैले आआफ्नो विज्ञता अनुसार तालिम दिने कम्पनीले जनाएको छ । यसमा वर्डप्रेस डेभलपर ई. सुशान्त रिमाल, नारायणी वेब टेक्नोलोजीका प्रबन्ध निर्देशक ई. त्रिबिक्रम रेग्मी, इन्टर्न साथीका सीईओ कुनाल शाह, लेन्समि अपका संस्थापक निराजन केसी, डिजिटल गोर्खाका डिजिटल  मार्केटिङ एक्सपर्ट आश्विन न्यौपाने, वर्डप्रेस विज्ञ विकास पुन, भारतका वर्डप्रेस विज्ञ राहुल डी सरकार लगायत अन्य वर्डप्रेस विज्ञले तालिम दिनेछन् ।

    यसमा सुरुवाती चरणमा सय जना सहभागी हुने आयोजकको अपेक्षा छ । तालिमको शुल्क ३२०० रुपैयाँ तोकिएको छ । यसमा सहभागी हुने व्यक्ति इन्टरनेट र ल्यापटपको पहुँचमा हुनुपर्छ । तालिम सकिएपछि सहभागीले अवसर एकेडेमीबाट प्रमाणपत्र पनि पाउनेछन् । सहभागी हुनका लागि यहाँ क्लिक गर्न सक्नुहुन्छ । यस कार्यक्रमबारे थप बुझ्न यहाँ क्लिक गरेर वा ९८५५०१८०४९ मा सम्पर्क गर्न सकिनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ