Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

विभेद रहित वातावरणमा बालबालिकाहरूलाई शिक्षा प्रदान गरिनु पर्छ : मानव अधिकारकर्मी भट्टराई


ग्लोबल पाना
आइतबार, चैत ४ २०८०
  • 1,234
    SHARES

  • images
    विभेद रहित वातावरणमा बालबालिकाहरूलाई शिक्षा प्रदान गरिनु पर्छ : मानव अधिकारकर्मी भट्टराई

    ललितपुर । ललितपुर जिल्लामाको ढोलाहिटीमा अवस्थित अनल ज्योति स्कुलको वार्षिक कार्यक्रम ( Annual Day " Expression " 2024) हिजो चैत ३ गते स्कूलकै प्राङ्गणमा सम्पन्न गरिएको छ । नेपाली एथलेटिक्सका महापुरुष अर्थात् नेपाली धावक वैकुण्ठ मानन्धरको प्रमुख आतिथ्यमा आयोजना गरिएको सो अनल ज्योति स्कुलको वार्षिक कार्यक्रम ( Annual Day " Expression " 2024) मा सोही विद्यालयका भाइबहिनीहरूले राष्ट्रिय गीत, लोक गीत, पप गीत, अङ्ग्रेजी गीत, मारुनी गीतहरूमा नृत्य प्रस्तुत गरेका थिए ।

    images
    images
    images

    साथै यस विद्यालयका विद्यार्थीहरूले Drill Dance गरेका थिए भने उनीहरूले क्लासिक नृत्य पनि प्रस्तुत गरेका थिए । अनल ज्योति स्कुलको वार्षिक कार्यक्रम (Annual Day "Expression" 2024) कार्यक्रममा यसै विद्यालयकी शिक्षिका अप्सरा थापाले बालबालिकाहरूका लागि सिकाई निरन्तर प्रक्रिया भएको र कुनै पनि कुरा उनीहरूलाई सकारात्मक तरिकाले सिकाउनु पर्ने बताउनु भयो । साथै उहाँले यस विद्यालयका विद्यार्थीहरूलाई किताबी ज्ञान मात्रै नभएर उनीहरूको क्षमता विकासका लागि अतिरिक्त क्रियाकलापहरू पनि गराउने गरेको बताउँदै सहभागी सबैलाई स्वागत गर्नु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली एथलेटिक्सका महापुरुष अर्थात् नेपाली धावक वैकुण्ठ मानन्धरले यस विद्यालयले बालबालिकाहरूको लागि गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै विभिन्न अतिरिक्त क्रियाकलापहरू गराएर उनीहरूको क्षमता विकास गराउनु भएकोमा थप सफलताको कामना व्यक्त गर्नु भयो ।

    कार्यक्रमका विशिष्ट अतिथि एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यस विद्यालयको वातावरण, विद्थार्थीहरुको अतिरिक्त क्रियाकलापको प्रशंसा गर्दै विगतका वर्षहरूमा ललितपुर महानगरपालिका भित्रका विद्यालयबाट SEE मा ४ GPA ल्याउने विद्यार्थी र विद्यालयलाई प्रोत्साहन स्वरूप नगद पुरस्कार दिँदै आएको भन्दै यस वर्षको SEE मा यस अनल ज्योति स्कुलका विद्यार्थीहरूले पनि ४ GPA ल्याएमा विद्यार्थीलाई रु २ लाख र विद्यालयलाई रु ४ लाख नगर पुरस्कार प्रदान गरिने बताउनु भयो ।

    यस अनल ज्योति स्कुलकी संस्थापक तथा अपाङ्गता भएका बालबालिकाहरू, अनाथ तथा दुःखी गरिब बालबालिकाहरूको शिक्षा, पालन पोषण लगायतका कार्यलाई निरन्तरता दिँदै हाल सम्म सक्रिय रूपमा क्रियाशील वरिष्ठ समाज सेवी, एवं भलिबल संघकी केन्द्रीय सल्लाहकार ज्योति के.सी.ले यस विद्यालयमा पारिवारिक वातावरणमा, आवश्यक प्रविधिको उपयोग गर्दै कक्षा १० सम्मको अध्ययन हुने र छात्रावास सहित १२ जना विभिन्न प्रकार अपाङ्गता भएका बालबिलकाहरुले पनि अध्ययन गर्दै आएको बताउनु भयो ।

    त्यसै गरी सो कार्यक्रमका अतिथि मानव अधिकारकर्मी तथा ग्रामीण विकास समन्वयका कार्यकारी सल्लाहकार इन्द्रराज भट्टराईले विभेद रहित वातावरणमा बालबालिकाहरूलाई शिक्षा प्रदान गरिनु पर्ने साथै बालबालिकाहरूलाई जिज्ञासु, प्रश्न गर्न र उत्तर भन्न सक्ने बनाउनु पर्ने र यस विषयमा अभिभावक तथा शिक्षकहरू जिम्मेवार हुनु पर्ने कुरामा जोड दिँदै यस अनल ज्योति स्कुलका बालबालिकाहरूको प्रस्तुति ज्यादै उत्कृष्ट रहेकोमा विद्यार्थी तथा विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्नु भयो ।

    अनल ज्योति स्कुलको वार्षिक कार्यक्रम ( Annual Day " Expression " 2024) मा ६ जना भूतपूर्व विद्यार्थी र ४ जना भूतपूर्व शिक्षकहरूलाई सम्मान पत्र सहित सम्मान पनि गरिएको थियो । सम्मानित हुने भूतपूर्व विद्थार्थीहरु शान्ताराम तामाङ, साजन विष्ट, सब्बु विष्ट, अनिष राई, कल्याण थापा र सरोज घिमिरे सम्मानित हुनु भएको थियो भने भूतपूर्व शिक्षकहरुमा चम्पा राई, बिन्दा राई, नमिता थापा र कुलाराम तामाङ सम्मानित हुनु भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ