Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

आईपीएल : जारी सिजनमा लखनउको पहिलो जित


ग्लोबल पाना
आइतबार, चैत १८ २०८०
  • 301
    SHARES

  • images
    आईपीएल : जारी सिजनमा लखनउको पहिलो जित

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले जारी सिजन पहिलो जित हासिल गरेको छ ।

    images
    images
    images

    शनिबार राति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सले पञ्जाबलाई २१ रनले पराजित गरेको हो । लखनउले दिएको २०० रनको लक्ष्य पछाएको पञ्जाब निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७८ रन मात्रै बनाउन सक्यो ।

    पञ्जाबका लागि कप्तान शिखर धवानले ७० रनको अर्धशतकीय पारी खेले । यता लखनउको लागि मयंक यादवले ३ विकेट लिए । यस्तै मोहसिन खानले २ विकेट हात पारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन बनाएको हो ।

    योसँगै जारी सिजन लखनउले पहिलो जित हासिल गरेको छ । २ खेलमा २ अंक जोडरको लखनाउ पाँचौ स्थानमा उक्लिएको छ । पराजित पञ्जाब भने ३ खेलबाट २ अंकसहित छैटौं स्थानमा झरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ