Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

शैक्षिक सत्र सुरु नहुँदै जुम्लामा पुग्यो पाठ्यपुस्तक


ग्लोबल पाना
शनिबार, चैत २४ २०८०
  • 296
    SHARES

  • images
    शैक्षिक सत्र सुरु नहुँदै जुम्लामा पुग्यो पाठ्यपुस्तक

    जुम्ला। हिमाली जिल्ला जुम्लामा यो वर्ष समयमै पाठ्यपुस्तक पुगेको छ । यसअघिका वर्षहरुमा पाठ्यपुस्तक समयमा नपुग्ने जुम्लामा यो पटक नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको हो।

    images
    images
    images

    सदरमुकाम खलंगा बजारमा रहेको जिपी स्टेसनरीका सञ्चालक गणेश रोकायाले शैक्षिक सत्र सुरु हुनु एक महिनाअघि नै पाठ्यपुस्तक जिल्लामा पुगिसकेको जानकारी दिए। उनले भने, “जिल्लाका स्थानीय तहमा रहेका केही विद्यालयले पाठ्यपुस्तक खरिद गरेर लगिसकेका छन् ।

    अहिलेसम्म पातारासी गाउँपालिकाका चार, गुठीचौरका दुई र तिलाका चारवटा विद्यालयले पाठ्यपुस्तक लिएका छन् ।” अरू स्थानीय तहका विद्यालयले पनि पाठ्यपुस्तक लैजाने तयारी गरिरहेका रोकायाको भनाइ छ। उनका अनुसार यही चैत ११ गते कक्षा १ देखि १० सम्मका एक/एक हजार थान पुस्तक आइसकेका छन्।

    सरकारले हिमाली जिल्लामा माघ मसान्तभित्रै जनक शिक्षा सामग्री केन्द्रबाट पुस्तक छपाइ गरेकाले यो वर्ष पुस्तक वितरण सहज भएको हो। विद्यालय सञ्चालन हुनु पहिले प्रत्येक विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने भएको सध्या स्टेसनरीका सञ्चालक सुनम खड्काले बताए।

    उनका अनुसार शनिबार पाँच/पाँच सय थान पाठ्यपुस्तक आइसकेका छन्। सूचीकृत भएका स्टेसनरीबाट पाठ्ययुस्तक विद्यालयले खरिद गरेर लैजाने गरेका सिञ्जा गाउँपालिका शिक्षा शाखा प्रमुख शंकर धितालले जानकारी दिए।

    उनका अनुसार पाठ्यपुस्तक खरिद गरेर तिलाका सबै विद्यालयमा समयमै पुर्‍याउन विद्यालयलाई परिपत्र गरिएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ