Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

अवसर एकेडेमीको आयोजनामा इन्टर आईटी कलेज फुटसल प्रतियोगिता हुदै, सहभागी दर्ता गर्ने आज अन्तिम दिन


ग्लोबल पाना
बिहीबार , वैशाख १३ २०८१
  • 384
    SHARES

  • images
    अवसर एकेडेमीको आयोजनामा इन्टर आईटी कलेज फुटसल प्रतियोगिता हुदै,  सहभागी दर्ता गर्ने आज अन्तिम दिन
    चितवन । चितवनमा अवसर एकेडेमीको आयोजनामा इन्टर आईटी कलेज फुटसल प्रतियोगिता हुने भएको छ । अवसर एकेडेमीले आईटी पढ्दै गरेका विद्यार्थीहरुलाई लक्षित गर्दै फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो । भरतपुरलाई आइटी हबको रुपमा चिनाउन योगदान पुर्याउन र आईटी समुदायलाई अझ बलियो बनाउन यस फुटसल आयोजना गर्न लागिएको अवसर एकेडेमीका प्रबन्ध निर्देशक सौगात देवकोटाले बताए।
     
    आयोजकका अनुसार भरतपुर-१० स्थित प्रेसिडेन्सी कलेजमा बैशाख १४ गते प्रतियोगिता हुनेछ । प्रतियोगितामा विजेता टिमले ४० हजार, पहिलो रनरअपले २० हजार, उत्कष्ठ खेलाडीले तीन हजार, उत्कृष्ठ गोलकिपरले एक हजार र सबैभन्दा बढी गोल गर्ने खेलाडीले तीन हजार पुरस्कार पाउनेछन् ।

    प्रतियोगितामा सहभागी हुनको लागि बैशाख १३ गतेसम्म टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ । टिमका लागि दर्ता शुल्क २५०० रुपैयाँ लाग्नेछ ।

    टिम दर्ता गर्नको लागि लिङ्क https://forms.gle/ir5ibRWPvDpfBQM37 मा आफ्नो टिमको विवरण भरि रजिस्ट्रर गर्न सकिने छ।
     
     
     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ