Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

लोकतान्त्रिक खेलकुद संघले १० औं स्थापना दिवस मनाउने


ग्लोबल पाना
शुक्रबार, वैशाख १४ २०८१
  • 308
    SHARES

  • images
    लोकतान्त्रिक खेलकुद संघले १० औं स्थापना दिवस मनाउने

    काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघले १० औं स्थापना दिवस भव्यरुपमा मनाउने निणर्य गरेको छ । संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनको अध्यक्षतामा बिहीबार काठमाडौंमा बसेको कार्य सम्पादन समितिको बैठकले स्थापना दिवसको अवसरमा पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रमको आयोजना गर्ने निणर्य गरेको महासचिव दीपक गुरुङले जानकारी दिए ।

    images
    images
    images

    गुरुङलाई नै उक्त कार्यक्रम व्यवस्थापन गर्नका लागि संयोजकको जिम्मेवारी पनि कार्यसम्पादन समितिले दिएको छ । २०७१ सालमा नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना भए पनि कांग्रेसले २०७९ साउनमा भ्रातृ संस्थाको मान्यता दिएको थियो ।

    यस्तै, शुक्रबारदेखि नेपाल लोकतान्त्रिक खेलकुद संघ र ललितपुर स्पोर्टस् क्लबको संयुक्त आयोजनामा वैशाख १९ गते सम्म कांग्रेसको केन्द्रीय कार्यालय, सानेपमा आयोजना हुने नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता भब्य र सभ्य रुपमा सफल पार्न संघका केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई अवनिवार्य उपस्थितीका साथै आ-आफ्नो तर्फबाट यथासक्य सहयोग पनि निणर्य गरिएको छ ।


    बुद्धिचाल प्रतियोगिताका दौरान नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष एवं नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य स्वर्गिय राजेश हरि जोशीलाई मरणोप्रान्त र टेबल टेनिसका संस्थापक प्रशिक्षक एवं पूर्व मुख्य प्रशिक्षक रमेश राज जोशीलाई सम्मान गर्ने निणर्य पनि गरिएको छ ।

    कार्यसम्पादन समितिले लोकतान्त्रिक संघको अधिवेशनको खाका पनि अनुमोदन गरेको छ । जस अनुसार केन्द्रीय महाधिवेशन २०८१ माघ ३० गतेभित्र सम्पन्न गर्ने गरी तालिका पारित गरेको हो । जसअनुसार वडा इकाई अधिवेशन भदौ २१ गतेसम्म सम्पन्न गर्ने मिति तय गरिएको छ भने पालिका अधिवेशन भदौ ३१ सम्ममा सम्पन्न गर्ने उल्लेख छ ।

    त्यस्तै, असोज ३० गतेसम्म क्षेत्रीय (प्रदेश सभा तथा संसदीय निर्वाचन) अधिवेशन गर्ने र जिल्ला अधिवेशन कार्तिक ३० गतेभित्र सम्पन्न गर्ने उल्लेख छ । त्यसैगरी प्रदेश अधिवेशनका लागि मंसिर ३० सम्मको समय तोकिएको छ भने केन्द्रीय महाधिवेशन माघ ३० गतेभित्र सम्पन्न गर्ने निणर्य गरेको प्रवक्ता दामोदर अर्यालले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ