Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

फिस्टेल एसइई कप : उद्घाटनपूर्व १६ खेल सम्पन्न 


ग्लोबल पाना
सोमबार, जेठ ७ २०८१
  • 301
    SHARES

  • images
    फिस्टेल एसइई कप : उद्घाटनपूर्व १६ खेल सम्पन्न 

    पोखरा, जेठ ६ । पोखरा १७ तल्लो बिरौटामा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को औपचारिक उद्घाटनपूर्व नै १६ ओटा खेल सम्पन्न भएका छन् । एसइई २०८० मा सम्मिलित भएका छात्रहरूका बिचमा भएको यस खेलमा पोखराका जम्मा ३३ विद्यालयले सहभागिता जनाएका छन् ।  यस खेलको औपचारिक उद्घाटन भने भोलि सोमबार हुनेभएको छ ।

    images
    images
    images

    माघ ५ गते शनिबार सम्पन्न सेभेन ए साइड फुटबलतर्फको पहिलो खेलमा हिमालयन बोर्डङ स्कुलका विरुद्ध कालिका माविले ८-१ को विशाल जित हात पार्‍यो । यस्तै दोस्रो खेलमा छोरेपाटन माविलाई ३-१ गोलअन्तरमा पोखरा पब्लिक माविले पराजित गर्‍यो । तेस्रो खेलमा ढुङ्गेसाँघु माविले सैनिक महाविद्यालयलाई २-० ले पराजित गर्दा चौँथो खेलमा डायमन्डलाई पेनाल्टी सुट आउटमा न्यु लेखनाथले पराजित गर्‍यो । यस्तै पाँचौँ खेलमा शिशुनिकेतनले बेसलाइनलाई १-० ले पराजित गर्दा छैटौँ खेलमा जनप्रिय माविले हिमाञ्चललाई २-१ ले पराजित गर्‍यो ।

    आइतबार १० खेलहरू सम्पन्न भएका छन् । आइतबार सम्पन्न खेलमा बालोदय माविले बालमन्दिर माविलाई ३-१ गोल अन्तरले पराजित गर्दा जनप्रिय माविलाई ३-१ ले पराजित गर्दै शान्ति निकुन्ज मावि अगाडि बढेको छ । यसै गरी लिटिल फ्लावर माविले शुक्रराज माविलाई १-० ले पराजित गर्दा नेसनल इन्भेन्टिभले अमरसिंहलाई २-१ ले पराजित गर्‍यो । एलपी देवकोटाले जेसिएलाई १-० ले पराजित गर्दा भद्रकालीले गण्डकी बोर्डिङलाई २-० ले पराजित गर्‍यो ।

    रेन्बो एकेडेमी र मेरीगोल्ड माविबिच भएको खेलमा ६-२ ले रेन्बो विजयी भयो । यस्तै वेलनन एकेडेमीले हिल पोइन्टलाई १-० ले पाखा लगायो भने विद्यानिकेतनले पेनाल्टी सुट आउटमा मदरल्यान्डमाथि कब्जा जमायो । आइतबार भएको अन्तिम खेलमा फिस्टेल एकेडेमीले साइनिङ स्टारमाथि २-१ को विजय हात पार्‍यो ।

    एसइई कप २०८१ को औपचारिक उद्घाटन सोमबार हुने र विजेता तथा उपविजेताले व्रmमशः १५ हजार र १० हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ