Oct 15 2026 | २०८३, असोज २९गते

images
ताजा अपडेट

images
images
images
images

फिस्टेल एसइई कपको औपचारिक उद्घाटन


ग्लोबल पाना
सोमबार, जेठ ७ २०८१
  • 335
    SHARES

  • images
    फिस्टेल एसइई कपको औपचारिक उद्घाटन

    जेठ ७, पाेखरा । पोखरा १७ तल्लो बिरौटामा स्थित फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को औपचारिक उद्घाटन सोमवार भएको छ । विद्यालयका प्रबन्ध निर्देशक एलिस रानाभाटले रेफ्रीलाई बल हस्तारण गर्दै कार्यक्रमको उद्घाटन गरे ।

    images
    images
    images

    सोमवार प्रिक्वाटरफानलका ८ खेलहरू सम्पन्न भए । पहिलो खेलमा नेपाल आदर्शले वाक ओभर दिएपछि कालिका मावि स्वतः विजयी भयो । यस्तै दोस्रो खेलमा पोखरा पब्लिकलाई ३–२ को पेनाल्टी सुट आउटमा पराजित गर्दै ढुङ्गेसाँघु मावि क्वाटरफानलमा प्रवेश गरेको छ । तेस्रो खेलमा न्यु लेखनाथ एकेडेमीले शिशुनिकेतनलाई ६–१ ले पराजित गर्यो भने चौँथो खेलमा शान्तिनिकुञ्जले बालोदयलाई २–१ गोल अन्तरले पाखा लगायो ।

    सोमवार नै सम्पन्न पाँचौँ खेलमा लिटिल फ्लावरले नेसनल इन्भेन्टिभलाई ८–७ को पेनाल्टी सुट आउटमा बाहिर पठाउँदा भद्रकाली माविले एलपी देवकोटालाई १–० ले पराजित गर्यो । यस्तै सातौँ खेलमा रेन्बो एकेडेमीले २–१ गोलको नतिजा निकाल्दै वेलनन एकेडेमीलाई पराजित गर्यो भने अन्तिम खेलमा पेनाल्टी सुट आउटको २–१ गोल नतिजामा मदरल्यान्डले फिस्टेल एकेडेमीलाई पराजित गर्यो ।

    एसइई २०८० मा सम्मिलित विद्यार्थीहरूलाई समेट्दै आयोजना गरिएको यस खेलको क्वाटरफाइनलका खेल मङ्गलबार सम्पन्न हुने छन् भने सेमिफानल र फाइनलका खेलसँगै बुधबार औपचारिक समापन हुने छ । खेलमा विजेता र उपविजेताले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

    यस्तै लिग कम नक आउट प्रणालीमा खेलाइने छात्रातर्फको ३×३ बास्केटबलका खेलहरू पनि मङ्गलबारबाट सुरु हुने छन् । यसका विजेता र उपविजेताले क्रमशः १० हजार र ५ हजार नगद पुरस्कारका साथ मेडल, ट्रफी र प्रमाणपत्र पाउने छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ