Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

टोखा नगरपालिका वडा नं ३ द्वारा आयोजित हस्तलेखन प्रशिक्षण कार्यक्रम सम्पन्न


ग्लोबल पाना
मंगलबार, वैशाख १६ २०८२
  • 767
    SHARES

  • images
    टोखा नगरपालिका वडा नं ३ द्वारा आयोजित हस्तलेखन प्रशिक्षण कार्यक्रम सम्पन्न

    टोखा । शैक्षिक सत्र २०८१ को अन्तिम परीक्षा सकेर फुर्सदमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै टोखा नगरपालिका वडा नं ३ को आयोजनामा सञ्चालित एक साताको हस्तलेखन प्रशिक्षण कार्यक्रम चैत २८ गते सम्पन्न भएको हाे । विद्यार्थीहरूको लेखाइमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा स्थानीय विद्यालयका  विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

    images
    images
    images

    कार्यक्रम अवधिभर प्रशिक्षकहरूले लेखाइको महत्त्व, अक्षरको संरचना, लेखाइ सुधारका प्रविधिहरू लगायतका विषयमा प्रशिक्षण दिएका थिए। समापन कार्यक्रममा वडा अध्यक्ष रमेश डंगाेलले सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गर्दै हस्तलेखनले व्यक्तित्व र आत्मविश्वास निर्माणमा सकारात्मक प्रभाव पार्ने बताउनु भयाे । उहाँले भविष्यमा यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता पनि व्यक्त गर्नु भयाे ।

    सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुन श्रेष्ठले लेखाइ शिक्षाको आधारभूत पक्ष भएको उल्लेख गर्दै विद्यार्थीको हस्तलेखन सुधारले उनीहरूको सम्पूर्ण शैक्षिक उपलब्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयाे । “यस प्रकारको व्यवहारिक तालिमले बालबालिकामा अनुशासन, ध्यान र कलात्मकता विकास गर्छ,” उहाँले भन्नुभयाे ।

    स्थानीय अभिभावक तथा विद्यालय प्रतिनिधिहरूले यस्तो कार्यक्रमले बालबालिकाको लेखन क्षमतामा सुधार ल्याउने विश्वास व्यक्त गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ