काठमाडौं । नेपालमा अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघले "सबैका लागि खेलकुद" भन्ने नारा सहित गत महिनाको जेठ २७ गते काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकाको सहयोगमा काठमाडौँमा पूर्ण र अति अशक्त (मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी, स्पाइना विफिडा लगायत) अपाङ्गता भएका व्यक्तिहरूका लागि उपत्यका व्यापी बोसिया खेलकुद प्रशिक्षण एवं प्रतियोगिता सम्पन्न गरेको छ ।
उक्त उपत्यका व्यापी बोसिया खेलकुद प्रशिक्षण एवं प्रतियोगिता सञ्चालनका क्रममा आयोजक संस्था अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघकी अध्यक्ष गोमा देवी पौडेलले बोसिया खेलले पूर्ण र अति असक्त अपाङ्गता भएका व्यक्तिहरू (मस्तिष्क पक्षाघात, मस्कुलर डिष्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी) अपाङ्गता भएका व्यक्तिहरूको शारीरिक अभ्यासमा सुधार हुने, मनोरञ्जन हुने तथा उनीहरूमा आत्म विश्वास बढ्ने भन्दै यो खेलले हाम्रो समाजमा अपाङ्गता भएका व्यक्तिहरू प्रति भएको नकारात्मक सोचमा सकारात्मक परिवर्तन पनि आउने भएकोले निरन्तर रूपमा यो खेल प्रतियोगिता गर्न जरुरी रहेको बताउनु भयो ।
साथै उहाँले जेठ २७ गतेको उपत्यका व्यापी बोसिया खेलकुद प्रशिक्षण एवं प्रतियोगिता सम्पन्न गर्नका लागि काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकाले सहयोग गर्नु भएकोमा उहाँहरूलाई पनि धन्यवाद व्यक्त गर्नु भयो । "सबैका लागि खेलकुद " भन्ने नारा सहित काठमाडौँमा सम्पन्न पूर्ण र अति अशक्त (मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी, स्पाइना विफिडा लगायत) का अपाङ्गता भएका व्यक्तिहरूका लागि उपत्यका व्यापी बोसिया खेलकुद प्रशिक्षण एवं प्रतियोगिताका प्रमुख अतिथि एवं काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले उक्त प्रतियोगिता सहभागी सबै खेलाडीहरूलाई प्रमाण पत्र प्रदान गर्दै यी बालबालिकाका अभिभावकहरूसँग पनि साक्षरकार गर्नु भयो ।
यस खेलकुद प्रतियोगितालाई संशोधन गर्दै उहाँले हामी सबैमा आत्म सम्मान गर्न सक्ने वातावरण बन्नु पर्ने, यस खेल प्रतियोगिताले हामी सबैमा उत्साह प्रदान गरेको, अपाङ्गता भएका व्यक्तिहरूको क्षमतालाई पहिचान गरेर उनीहरूको सवाललाई साझा सवालका रूपमा वकालत तथा पैरवी गर्नु पर्ने कुरामा जोड दिनु भयो ।
साथै उहाँले बोसिया खेल प्रतियोगिता सम्पन्न गर्नका लागि नीति, कार्यक्रम बजेटबाट अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघसँग सहकार्य गर्न पाउँदा र बोसिया खेलका खेलाडीहरूसँग प्रत्यक्ष भेट्न पाउँदा ज्यादै खुसी लागेको र आगामी दिनमा पनि सहकार्य गरेर काम गर्ने बताउनु भयो ।
उक्त कार्यक्रममा अभिभावकहरु शुशिला मल्ल र शोभा विष्टले मस्तिष्क पक्षाघात अपाङ्गता भएका, विविध कारणले हात खुट्टा कमजोर भएका, हिड्डुल गर्न समस्या भएका व्यक्तिहरुका लागि बोसिया खेल ज्यादै लाभदायक रहेको भन्दै यस खेलले उनीहरु प्रति समाजमा रहेको नकारात्मक सोचमा पनि सकारात्मक परिवर्तन ल्याउने हुँदा राज्य स्तरबाट यस खेल प्रतियोगितालाई आवश्यक सहयोग गर्नु पर्ने बताउनु भयो । त्यसै गरी काठमाडौँ महानगरपालिका वडा नं ११ का वडा अध्यक्ष हिरालाल तुण्डकारले यस खेलको विकासको लागि वडासँग पनि सहकार्य गरेर काम गर्न सकिने भन्दै सबै खेलाडीहरूलाई सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघले काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकाको सहयोगमा काठमाडौँमा पूर्ण र अति अशक्त (मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी, स्पाइना विफिडा लगायत) अपाङ्गता भएका व्यक्तिहरूका लागि उपत्यका व्यापी बोसिया खेलकुद प्रशिक्षण एवं प्रतियोगितामा खुट्टाले, हातले, र्या्म्प प्रयोग गरेर बोसिया खेल खेलाइएको थियो ।
जसमा दुई जना बिच, समूहगतमा पनि प्रतियोगिता गरिएको थियो । यस प्रतियोगितामा Bc1 खुट्टाले खेलिने खेलमा बुद्ध राई प्रथम, आकार थापा द्धितिय, अमिता श्रेष्ठ तृतीय र प्रिता बल्लले सान्त्वना स्थान प्राप्त गरेका थिए । त्यसै गरी Bc3 Pair जोडी समूहमा यशोदा बोहरा र विकेश अधिकारीले प्रथम स्थान हासिल गर्नु भएको थियो ।
त्यसै गरी सुलोचना भ्वयद्यो र लिजा बज्रचार्यको जोडी द्धितिय, समी उप्रेती र बिक्रम ह्याङ्गोजुको जोडी तृतिय भएका थिए । Bc2 हातले खेलिने समूहगत प्रतियोगितामा शुभेच्छा खतिवडा, साधना घिमिरे र लक्ष्मी मगरको र अर्को समुह कृष्ण लम्साल, उमङ्गराज कार्की र आयन पुजारी को समूह प्रथम भएका थिए भने यूनिसा लिम्बु, रोशन विष्ट र प्रनव बरालको समुह र सुमन पलिखेल, रिसभ चौधरी र इन्जु अवालको समुह द्धितिय स्थान प्राप्त गर्नु भयो ।
त्यसै गरी मलिना खड्गी, कृती रायमाझी, जिज्ञासा अधिकारीको समुह र सन्दिका वि.क., इराज तामाङ र साइरा सिवाकोटीको समुहले तृतीय स्थान प्राप्त गरेका थिए । मिक्स टिम अन्तर्गत श्रवण डुमरु, आयुष थापा र रविना कर्माचार्यको समूह प्रथम, रश्मि खनाल, प्रदिप थापा र गंगा कसलवातले द्धितिय स्थान प्राप्त गर्नु भएको थियो ।
यसै समूह अन्तर्गत रिया श्रेष्ठ, रोशनी खत्री र कृष्णा जोन्छेको समूहले तृतीय स्थान प्राप्त गरेका थिए । अपाङ्गता भएका व्यक्तिहरूका लागि नेपाल बोसिया संघले काठमाडौँ महानगरपालिका र टोखा नगरपालिकाको सहयोगमा काठमाडौँमा पूर्ण र अति अशक्त (मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफी, सिवियर स्पाइनल कर्ड इन्जुरी, स्पाइना विफिडा लगायत) का अपाङ्गता भएका व्यक्तिहरूका लागि उपत्यका व्यापी बोसिया खेलकुद प्रशिक्षण एवं प्रतियोगितामा महिला र पुरुष खेलाडीहरू गरी ६० जनाको सहभागिता रहेको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


