तारकेश्वर, असार १५ । राष्ट्रिय धान दिवस २०८२ को अवसरमा एन्जल्स हर्ट माध्यमिक विद्यालय, तारकेश्वर–१० ले विद्यार्थी, शिक्षककाे सहभागितामा धान रोपाइँ कार्यक्रम भब्य रुपमा मनाएकाे छ ।
कार्यक्रममा विद्यालयले आफ्ना विद्यार्थीहरूलाई खेतमा लगेर धान रोपाइँको प्रत्यक्ष अभ्यास गराउँदै व्यवहारिक शिक्षामा आफ्नो पहिचान थप सुदृढ बनाएको छ । कृषिप्रति सम्मान, श्रमको मूल्य र नेपाली संस्कृति बुझाउन खेतमै लगेर सिकाउने अभ्यास विद्यालयको शैक्षिक दृष्टिकोणमा व्यवहारिकता प्रति गरिएको लगानीको उत्कृष्ट उदाहरण हाे ।
विद्यालयका कोअर्डिनेटर कुलचन्द्र वाग्लेका अनुसार, “पाठ्यपुस्तकमा मात्र सीमित नरही, वास्तविक जीवनमा प्रयोग गर्न सकिने ज्ञान दिनु हाम्रो उद्देश्य हो । रोपाइँ कार्यक्रममार्फत विद्यार्थीहरूले कृषि, माटो, श्रम र संस्कृतिलाई प्रत्यक्ष रूपमा अनुभूति गर्न पाएका छन् ।”
यस्ता कार्यक्रमले शिक्षा र संस्कृतिको समायोजन गर्दै विद्यार्थीहरूमा ज्ञानसँगै जीवनोपयोगी सीपको विकासमा महत्वपूर्ण योगदान दिएको वाग्ले बताउँछन् ।
एन्जल्स हर्ट स्कूलले किताबको पढाइसँगै व्यवहारिक ज्ञानमा पनि जोड दिंदै आएको छ । विद्यार्थीलाई अनुभवबाट सिकाउने यो स्कूल तारकेश्वर क्षेत्रको एक भरपर्दो र उत्कृष्ट शिक्षालयका रूपमा अगाडि बढिरहेको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


