Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको तदर्थ समिति गठन : संयोजकमा सूर्य ब. बुढाथोकी


ग्लोबल पाना
सोमबार, असार १६ २०८२
  • 688
    SHARES

  • images
    नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको तदर्थ समिति गठन : संयोजकमा सूर्य ब. बुढाथोकी

    काठमाडौं । नेपाल फुल कन्ट्याक्ट कराँते महासंघको विधिसम्मत पुनः संरचना तथा नियमित निर्वाचन प्रक्रियालाई अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २१ सदस्यीय तदर्थ समिति गठन गरेको छ। राखेपमा दर्ता रहेका २१ संघहरूमध्ये प्रत्येकबाट एक-एक प्रतिनिधि सहभागी गराई बनाइएको उक्त समितिको संयोजकमा फुल कन्ट्याक्ट कराँते क्षेत्रका अनुभवी, समन्वयशील र प्रभावशाली व्यक्तित्व सूर्य बहादुर बुढाथोकीलाई नियुक्त गरिएको छ।

    images
    images
    images

    राखेपका कार्यकारी सदस्य भान बहादुर चन्दको नेतृत्वमा गठित कार्यदलले विभिन्न चरणमा सामुहिक बैठक बसी पेश गरेको सिफारिसका आधारमा राखेपका सदस्य सचिव टंकलाल घिसिङमार्फत युवा तथा खेलकुद मन्त्री तथा राखेप अध्यक्ष माननीय तेजुलाल चौधरीले समितिको गठन गरेका हुन्।

    नवगठित समितिको प्रमुख जिम्मेवारी महासंघको आन्तरिक संरचना व्यवस्थापन, प्राविधिक र संस्थागत सुदृढीकरण तथा तोकिएको समयसीमाभित्र नियमित निर्वाचन सम्पन्न गर्नु हो। राखेपका सदस्य सचिव टंकलाल घिसिङले संयोजक बुढाथोकीलाई बधाई दिँदै महासंघको भविष्य विधिसम्मत, पारदर्शी र उत्तरदायी बनोस् भन्ने शुभकामना व्यक्त गरे।

    “सक्षम नेतृत्वमा समितिले प्रभावकारी रूपमा कार्य सम्पादन गर्नेछ,” उहाँले भने। यसैबीच, फुल कन्ट्याक्ट कराँतेका पूर्व प्रमुख प्रशिक्षक तथा अग्रज व्यक्तित्व सिहान प्रेम नाथ श्रेष्ठले तदर्थ समितिको स्वागत गर्दै संयोजकको छनोटप्रति खुशी व्यक्त गरे। “अनुशासित र व्यवहारिक नेतृत्वमा महासंघले नयाँ ऊर्जा पाउनेछ,” श्रेष्ठले प्रतिक्रिया दिए।

    फुल कन्ट्याक्ट कराँतेका सक्रिय प्रशिक्षक सिहान प्रेम बहादुर तामाङले पनि समितिको गठन उचित समयमा भएको उल्लेख गर्दै सबै पक्षलाई समेट्ने नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे। “महासंघले निष्पक्ष र समावेशी बाटो रोज्दै अगाडि बढोस्, हाम्रो पूर्ण समर्थन रहनेछ,” उनले भने।

    नेपालभरका प्रशिक्षक, खेलाडी, संघ-संस्था तथा कराँतेसम्बद्ध विज्ञहरूले संयोजक बुढाथोकीलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिँदै समितिको कार्य निष्पक्ष, सहमतिमूलक र दीर्घकालीन प्रभाव पार्ने खालको होस् भन्ने अपेक्षा गरेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ