Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त


ग्लोबल पाना
बुधबार, असार ३२ २०८२
  • 540
    SHARES

  • images
    क्रिकेट प्रशासनकी अनुभवी भावना घिमिरे लुम्बिनी लायन्सको सिइओमा नियुक्त

    काठमाडौं । लुम्बिनी लायन्सले नेपाली क्रिकेट प्रशासनमा लामो अनुभव हासिल गरेकी भावना घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत ( सिइओ) को रूपमा नियुक्त गरेकोमा गर्व व्यक्त गरेको छ । पूर्व क्यान सिइओसमेत रहेकी घिमिरे क्रिकेट व्यवस्थापन र नेतृत्वमा सिद्धहस्त तथा दूरदृष्टि सम्पन्न व्यावसायिक हुन्।

    images
    images
    images

    उनको नियुक्तिले लुम्बिनी लायन्सको रणनीतिक योजना, संस्थागत व्यवस्थापन तथा दीर्घकालीन लक्ष्यहरूलाई थप स्पष्ट दिशा प्रदान गर्ने अपेक्षा गरिएको छ । घिमिरेले राष्ट्रियस्तरमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत क्रिकेटसम्बन्धी कार्यहरूमा महत्वपूर्ण भूमिका निभाएकी छन्। आईसीसी टूर्नामेन्टहरूमा परामर्शदाताका रूपमा संलग्न भएकी उनले विश्व क्रिकेटप्रति आफ्नो अनुभव र योगदान प्रस्तुत गरिसकेकी छन्।

    यो नियुक्तिले टिम व्यवस्थापनलाई अझ सुदृढ बनाउनेछ भन्ने लुम्बिनी लायन्सले विश्वास लिएको छ, साथै खेलाडी विकास र समग्र टिम प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ । भावना घिमिरेको नियुक्तिको विषयमा आफ्‌नो प्रतिक्रिया दिँदै लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले भन्नु भयो, “हामी भावना घिमिरेलाई हाम्रो लायन्स परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त हर्षित छौं ।

    उनको अनुभव, नेतृत्व क्षमता र क्रिकेटप्रतिको समर्पणले लुम्बिनी लायन्सलाई नयाँ उचाइमा पुर्‍याउनेछ भन्नेमलाई लागेको छ ।,” हामी पूर्ण विश्वासका साथ भन्न सक्छौं कि उनको नेतृत्वमा लुम्बिनी लायन्सको यात्रा थप प्रेरणादायी, उद्देश्यपूर्ण र सफल हुनेछ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ