काठमाडौ, श्रावण २२। त्रिभुवन विश्वविद्यालयको आर्थिक बर्ष २०८१।०८२ को उत्कृष्ट अनुसन्धान पुरस्कारका लागि विज्ञान र प्रविधि विधा तर्फबाट प्राणिशास्त्र केन्द्रीय विभाग,कीर्तिपुरमा कार्यरत सहप्राध्यापक डा. हरिप्रसाद शर्मा र सामाजिक विज्ञान तर्फवाट नेपाल कमर्श क्याम्पस मीनभवनमा कार्यरत व्यवस्थापन संकायका उपप्राध्यापक डा. विनोद घिमिरे छनौट हुनुभएको छ ।
कार्यकारी परिषदवाट मिति २०८२।०२।२८ मा गठित मुल्याङ्कन तथा सिफारिस समितिको सिफारिसमा कार्यकारी परिषद्को मिति २०८२।०४।१६ गतेको निर्णयानुसार उहाँहरु छनौट हुनुभएको हो ।
उत्कृष्ट अनुसन्धानमा छनौट हुनुहुने शिक्षकहरुलाई जनही रु १ लाख नगद पुरस्कार सहित प्रमाण पत्र दिने व्यवस्था रहेको छ । प्रा.डा रामप्रसाद चौधरीको संयोजकत्वमा गठित मूल्याङ्कन समितिमा प्रा.डा योगेन्द्र बहादुर गुरुङ र प्रा.डा दिप बहादुर अधिकारी सदस्य रहनुभएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


