Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

लुम्बिनी लायन्स एन्थम सार्वजनिक


ग्लोबल पाना
आइतबार, कात्तिक १६ २०८२
  • 348
    SHARES

  • images
    लुम्बिनी लायन्स एन्थम सार्वजनिक

    भैरहवा । लुम्बिनी लायन्सले एन पि एलको संघारमा आफ्नो अफिसियल एन्थम् (गीत) 'स्याबास!' सार्वजनिक गरेको छ। बुद्द दर्शन र खेललाइ एउटै बिम्बमा उनिएको यो कवितात्मक एन्थममा नवराज पराजुलीको शब्द र स्वर रहेको छ। यो एन्थम मुख्यत दर्शकको भावबाट लेखिएको कुरा सर्जक नवराज पराजुली बताउँछन्।

    images
    images
    images

    मैदानमा हुने ११ जना खेलाडीजस्तै मैदानबाहिरका दर्शक पनि खेलमा होमिएका हुन्छन्। ती दर्शकलाइ बाह्रौँ खेलाडीको रुपमा एन्थममा समेटिएको छ:

    हामी लुम्बिनीको बाह्रौँ खेलाडी बन्छौँ

    आँफै आफ्नो काँधमा धाप मारेर भन्छौँ

    स्याबास् !

    सर्जक भन्छन्, “जब लुम्बिनी लायन्सको खेल भइरहेको हुन्छ, त्यसबेला दर्शकहरुले आफ्नो टिमलाइ जे भन्न मन लाग्छ, एन्थममा ती पंतिहरु समेटिएका छन्।” बुद्द दर्शनमा भएको ध्यान र स्वासको महानतालाइ खेलको भाषामा एन्थममा प्रस्तुत गरिएको छ:

    खेल जित्दा आयो सास, खेल खेल्दा गयो सास आयो सास गयो सास,

    सासलाइ हेरिरह्यो सास आउने जाने सासलाइ बनाएर साहस

    लुम्बिनीले यस्तो खेल्यो सासले भन्यो, “क्या बात् ! स्याबास !”

    एन्थमको संगीत संयोजन उज्वल सागरले गरेका हुन्। लिरिकल भिडियोको निर्माण बिबेक निशानीले गरेका हुन्। एनपिएल को ट्रफी टूरको क्रममा लुम्बिनीमा भएको विशेष कार्यक्रममा सो एन्थम सार्वजनिक गरिएको थियो। लुम्बिनी लायन्सको नयाँ एन्थम सुन्नका लागि लिंकमा क्लिक गर्नुहोस् ।

    https://youtu.be/ZsTniyGi0pU

     

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ