काठमाडौं । नेपाल कृषि अर्थशास्त्र समाज (Nepal Agricultural Economics Society) को १९औँ साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ । साधारण सभामा कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियार प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो भने नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वप्रकाश पौडेल विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रमका की–नोट स्पिकर टेक्सास टेक युनिभर्सिटी, अमेरिका का प्राध्यापक डा. कृष्ण प्रसाद पौडेल रहनु भएको थियो । कृषि तथा पशु विकास मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्र र कृषि मन्त्रालयका पुर्वमन्त्री टेक बहादुर थापाले कृषि रुपान्तरणमा आफ्ना भनाईहरु राख्नु भएकाे थियाे ।
कार्यक्रममा संस्थाका सल्लाहकार डा. गणेशराज जोशी, मुक्तिनाथ कृषि कम्पनीका डेपुटी सिइओ रामशरण तिमिल्सिना लगायत विभिन्न क्षेत्रका विज्ञढ तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो । साधारण सभाको अध्यक्षता निर्वतमान अध्यक्ष डा. योगेन्द्र कार्कीले गर्नु भएको थियो भने कार्यक्रम प्रस्तोता डा. होमा न्यौपाने र सृजना तिमिल्सिनाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।
साधारण सभाबाट १० सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नवगठित कार्यसमितिको अध्यक्षमा डा. देवेन्द्र गौचन, महासचिवमा प्राध्यापक डा. ऋषिराम कट्टेल तथा उपाध्यक्षमा डा. सुधा सापकोटा चयन हुनु भएको छ । साथै, कार्यसमितिमा ३ जना डाइरेक्टर र ४ जना सदस्य चयन भएका छन् ।
संस्थाले लैङ्गिक समानतालाई विशेष प्राथमिकतामा राख्दै उपाध्यक्षसहित १ जना डाइरेक्टर, १ जना कोषाध्यक्ष तथा १ जना सदस्य पदमा महिला कृषि अर्थविज्ञहरूको प्रतिनिधित्व सुनिश्चित गरेको छ । यसैगरी, नवगठित कार्यसमितिले थप ३ जना सल्लाहकार चयन गरेको छ । सल्लाहकारहरूमा निर्वतमान अध्यक्ष डा. योगेन्द्र कार्की, प्राध्यापक डा. पुण्य प्रसाद रेग्मी र निर्वतमान उपाध्यक्ष राम पुलामी रहनु भएको छ ।
संस्थाले भावी कार्ययोजनाअन्तर्गत विभिन्न सरोकारवाला संघ–संस्थासँग सहकार्य गर्दै नीतिगत कृषि रूपान्तरणका विषयमा बहस तथा छलफल सञ्चालन गर्ने, कृषि अर्थशास्त्रसम्बन्धी अध्ययन–अनुसन्धानलाई जर्नलमार्फत प्रवर्द्धन गर्ने तथा युवालाई लक्षित गर्दै संरचनात्मक र ढाँचागत कृषि विकासका लागि पहल र समन्वय गर्ने प्रतिबद्धता जनाएको छ ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


