Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

कोरोना पछि फर्किएका युवाको गाउँमै सफल पशु उद्यम


ग्लोबल पाना
बुधबार, असोज ८ २०८२
  • 352
    SHARES

  • images
    कोरोना पछि फर्किएका युवाको गाउँमै सफल पशु उद्यम

    काठमाडौं । कोरोना महामारीपछि विदेशबाट फर्केर गाउँमै पशुपालन व्यवसाय सुरु गर्ने प्रवृत्ति बढेको छ । विदेशमा दशकौँ बिताएका युवाहरू महामारीका कारण फर्किएपछि गाउँमै नयाँ उद्यमको बाटो रोज्न थालेका छन् ।

    images
    images
    images

    बागलुङको जैमिनी नगरपालिकामा एक किसानले भैँसी, गाई, बाख्रा र कुखुरा पालेर फार्म सञ्चालन गरिरहेका छन् । सुरुवातमा ११ भैँसी, एक गाई, २५ बाख्रा र ५० कुखुरासहित सुरु गरिएको फार्मबाट दैनिक करिब ९० लिटर दूध उत्पादन हुँदै आएको छ । उत्पादन भएको दूध किसान आफैंले बजारमा पुर्याउने गरेका छन् ।

    वार्षिक २० हजार रुपैयाँ भाडामा तीन रोपनी जग्गा लिएर सुरु गरिएको फार्ममा हालसम्म करिब ५० लाख रुपैयाँ लगानी भइसकेको छ । मासिक करिब दुई लाख ४० हजार रुपैयाँ आम्दानी हुने गरेको किसानले बताएका छन् ।

    नगरपालिकाले समेत घाँस टुक्रयाउने र पानी तताउने उपकरण उपलब्ध गराएर सहयोग गरेको छ । यसरी गाउँमै बसेर परिवारसहित उद्यम सञ्चालन गर्दा विदेशमा भन्दा बढी आनन्द मिलेको किसानको अनुभव छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ